सुदूरपश्चिम प्रदेश

कैलालीमा अटो रिक्सामाथि प्रहरीको निगरानी, ६० वटा कारवाहीमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । कैलाली प्रहरीले अटो रिक्सामाथि कडाइका साथ चेकजाँच थालेको छ।

शुक्रबार जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका अटो रिक्साहरूमाथि कागजपत्र नपुगेका कारण व्यापक कारवाही गरिएको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जिल्लाभर ६० वटा अटो रिक्सामाथि कारवाही गरिएको जानकारी दिए । उनका अनुसार धनगढी उपमहानगर क्षेत्रमा २९ र टीकापुरमा २५ अटो रिक्सामाथि कारवाही गरिएको छ। बाँकी कारवाही अन्य स्थानका हुन्।

प्रहरीका अनुसार अटो रिक्सा सवारी दर्ता (ब्लू बुक), चालक अनुमतिपत्र (लाइसेन्स), बीमा लगायतका कागजात नभएका तथा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिइएको हो।

डीएसपी सिंहले सवारी सुरक्षा, ट्राफिक व्यवस्थापन, र कानुनको पालना गराउन नियमित रूपमा चेकजाँच जारी रहने बताए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।