आस्था /आध्यात्म

सन्त निरंकारी मण्डल नेपालद्वारा ललितपुरमा समर्पण दिवसको अवसरमा विशाल खुला सत्संग सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

ललितपुर, ३ जेष्ठ । सन्त निरंकारी मण्डल नेपालद्वारा ललितपुरमा समर्पण दिवसको अवसरमा विशाल खुला सत्संग सम्पन्न भएको छ ।

सन्त निरंकारी मण्डल नेपालको आयोजनामा नमूना मच्छिन्द्र माध्यमिक विद्यालय प्राङ्गण, लगनखेल ललितपुरमा आयोजना गरिएको विशाल खुला सत्संग कार्यक्रमलाई सम्बोधन गर्दै दिल्लीबाट आउनु भएका ज्ञान प्रचारक महात्मा रविन्दर बडोनीले मानव समाज विभिन्न धर्म, सम्प्रदाय, जातजाति र पहिचानका नाममा निर्मित पर्खालले घेरिएको भन्दै पर्खालरहित संसार बनाउन आध्यात्मिक ज्ञान र चेतना अपरिहार्य रहेको बताएका छन् । सन्त निरंकारी मिसन यही अभियान सहित मानव कल्याण र बन्धुत्वको सन्देश फैलाउन लागिरहेको भन्दै उनले कुनै पनि धर्मले तोड्ने नभई हरेक मानव समाजलाई जोड्नुपर्ने धारणा राख्नुभयो ।

बिज्ञापन

“धर्मको काम जोड्ने हो, तोड्ने होइन साथै परोपकार र मानव कल्याणको लागि योगदान गर्ने हो । हाम्रा सबै अग्रज, धर्मग्रन्थले पनि परोपकार नै परमोधर्म भनेका छन्”, महात्मा बडोनीले भने, “त्यसविपरीत हामी भने प्रथा, परम्परा, धर्म, संस्कृतिका नाममा पर्खाल बनाइरहेका छौँ । मानवदेखि मानवलाई टाढा बनाइरहेका छौं । अरुको अधोगतिमा आफ्नो हित देखिरहेका छौं । यसैविरुद्ध आध्यात्मिक ज्ञान जरुरी छ, जो काम हाम्रो मिशनले गरिरहेको छ ।”

उनले समर्पण दिवसको आयोजना गर्नुको उद्देश्य बताउदै सत्गुरु बाबा हरदेव सिंह जी महाराजले ३६ वर्षसम्म सन्त निरंकारी मिशनलाई पुरयाउनु भएको योगदानमाथि चर्चा गर्दै बाबा जीले विश्वमा मानवलाई मानवसंग जोड्ने कार्य गर्नुको साथै विश्वबन्धुत्व, विश्व शान्ति स्थापना गर्नुमा महत्पवपूर्ण भूमिका निभाएको बताउनुभयो ।

कार्यक्रममा विभिन्न ठाउँबाट आएका सन्त–भक्तहरुले विश्व बन्धुत्व, शान्ति, प्रेम र मानव एकताका लागि आध्यात्मिक मार्ग निर्विकल्प रहेको धारण ब्यक्त गरेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।