सुदूरपश्चिम प्रदेश

दोधारा चाँदनी सुक्खा बन्दरगाहको शिलान्यास चाँडैः मन्त्री भण्डारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलालीः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधारा चाँदनी सुक्खा बन्दरगाहको छिट्टै शिलान्यास गरिने बताएका छन्। 

लोक कल्याणकारी विज्ञापन

सुक्खा बन्दरगाह निर्माणस्थलको शिनिवार निरीक्षण गर्दै मन्त्री भण्डारीले नेपाल र भारतका प्रधानमन्त्रीले चाँडै संयुक्त रूपमा शिलान्यास गर्ने बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले सुक्खा बन्दरगाह संयुक्त रूपमा शिलान्यास गर्ने स्पष्ट पारे। 

लोक कल्याणकारी विज्ञापन

भारतीय राजदूतसँगको छलफलपछि शिलान्यासको समय तय गरिने मन्त्री भण्डारीको भनाइ थियो। सुक्खा बन्दरगाह निर्माणका लागि भारतीय कम्पनीले ठेक्का पाइसकेको छभने नेपाल सरकारले एक हजार पाँच सय ९३ रूख कटान गरिसकेको छ। नेपाल सरकारले निर्माणकार्यका लागि जग्गाको स्वामित्व हस्तान्तरण गरेर सुक्खा बन्दरगाहको शिलान्यास गर्ने तयारी गरिरहेको छ। मन्त्री भण्डारीले सुक्खा बन्दरगाह निर्माण भएपछि सुदूरपश्चिमसहित मुलुकको औद्योगिक विकासमा मद्दत पुग्ने बताए।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन