सुदूरपश्चिम प्रदेश

अछाममा बालविवाह गरेका किशोर-किशोरी प्रहरीको नियन्त्रणमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । अछाममा बालविवाहका गरेका किशोर–किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मंगलबार  बिहान करिब १० बजे मंगलसेनका एक किशोरले एक किशोरीलाई भगाई सिन्दूर हालेर मन्दिरमा बालविवाह गरेका थिए। विवाह गरेर उनीहरू घर फर्कँदै गर्दा स्थानीयवासीले मेल्लेख प्रहरी चौकीमा जानकारी गराएपछि प्रहरी टोली तत्काल खटिएको थियो।

बिज्ञापन

प्रहरीले बालविवाहमा संलग्न दुवै किशोर–किशोरीलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय अछाममा ल्याइएको जनाएको छ। उनीहरूमाथि बालविवाहसम्बन्धी अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको छ।  पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी नायव उपरीक्षक ९डीएसपी० ईश्वरी प्रसाद भण्डारीले बालविवाह कानुन विपरीतको कार्य भएकोले यस प्रकारका घटनामा शून्य सहनशीलताको नीति अपनाएको बताए ।

नेपालको कानुनअनुसार २० वर्ष नपुगी विवाह गर्नु वा गराउनु दण्डनीय अपराध हो। यस्ता घटना दोहोरिन नदिनका लागि स्थानीय तहसँग समन्वय गरी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको भएपनि बालविवाह हुने क्रम रोकिएको छैन।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।