जलवायु

मनसुनको सक्रियता बढ्यो, चार प्रदेशमा भारी वर्षाको चेतावनी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव बढ्दै जाँदा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशका चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मनसुनको न्यून चापीय रेखा नेपाल नजिक सरेकाले वर्षाको मात्रा बढ्ने पूर्वानुमान गरिएको हो ।

महाशाखाका अनुसार शुक्रबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । यसैगरी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका अधिकांश स्थानहरूमा तथा देशका बाँकी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

बिज्ञापन

हाल देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ ।मनसुन सक्रिय भएसँगै महाशाखाले सम्भावित प्राकृतिक विपत्तिप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । भारी वर्षाका कारण पहाडी भेगमा भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम उच्च रहनेछ ।

त्यस्तै, सहरी तथा तराईका क्षेत्रहरूमा डुबानको खतरा हुन सक्ने र नदीनाला तथा खोलाहरूमा पानीको सतह ह्वात्तै बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा एवं सर्वसाधारणलाई आवश्यक पूर्वतयारी अपनाउन र सुरक्षित रहन महाशाखाले विशेष अनुरोध गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।