गाजामा कुपोषणबाट मृत्यु हुनेको संख्या २१२ पुग्यो, इजरायली आक्रमणबाट थप ३८ जना मारिए

२५ साउन, काठमाडौं । गाजा क्षेत्रमा कुपोषणबाट थप ११ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै गाजा क्षेत्रमा कुपोषणबाट मृत्यु हुनेको संख्या २१२ पुगेको छ । यीमध्ये ९८ जना बालबालिका छन् ।
इजरायली सेनाको कारबाही जारी रहेपछि गाजामा खाद्यान्नको संकट छ । भोकमरीसँगै कुपोषणको समस्या भयावह बनेको छ ।

स्वास्थ्य मन्त्रालले पछिल्लो २४ घण्टामा इजरायली सैन्य कारबाहीबाट गाजामा ३८ जनाको मृत्यु भएको छ भने ४९१ जना घाइते छन् ।
हमासलाई निमिट्यान्न पार्न भन्दै इजरायलले ७ अक्टुबर सन् २०२३ देखि सुरु गरेको आक्रमणबाट हालसम्म ६१ हजार भन्दा धेरैको मृत्यु भइसकेको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गाजा सहर नियन्त्रणमा लिनुअघि इजरायलले त्यहाँका बासिन्दालाई ७ अक्टुबर २०२५ भित्र शहर खाली गर्न भनेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
