जलवायु

आइतबार र सोमबारको तुलनामा मंगलबार झन् बढी पानी पर्ने सम्भावना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२५ साउन, काठमाडौं । मौसमविदहरुले अझै एक–दुई दिन मनसुन सक्रिय रहने पूर्वी नेपालमा केन्द्रित भएर बढी पानी पर्ने सम्भावना रहेको बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज आइतबार र भोलि सोमबारको तुलनामा पर्सि मंगलबार झन् बढी पानी पर्ने सम्भावना छ ।

बिज्ञापन

‘मनसुन एक्टिभ नै छ र यो पूर्वमा बढी केन्द्रित छ,’ उनले अनलाइनखबरसँग भने, ‘आज र भोलिको तुलनामा पर्सि राम्रै पानी पर्ने सम्भावना छ ।’

मनसुन सुरु भएदेखि अधिकांश समय हल्का र मध्यम वर्षा भएको छ । तराईमा भने पुरै खडेरी परेको थियो । तर अगष्ट महिना सुरु भएदेखि देशभरी वर्षा हुँदै आएको छ । आगामी दिनमा वर्षाको मात्रा र क्षेत्र दुवै बढ्ने सम्भावना रहेको मौसमविदको भनाइ छ ।

डा. विनोद पोखरेल भन्छन्- बुधबारसम्म धेरै ठाउँमा भारी वर्षा हुने सम्भावना छ

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले भने आज बेलुकादेखि केही ठाउँमा वर्षा बढ्दै जाने र बुधबारसम्म धेरै ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको बताएका छन् । पूर्वबाट भारी वर्षा सुरु भएर बुधबारसम्म पश्चिमसम्मै पुग्ने सम्भावना रहेको उनको भनाइ छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘आज बेलुकादेखि केही ठाउँमा वर्षा बढ्दै जाने, बुधबारसम्म धेरै ठाउँमा भारी वर्षा हुने र केही ठाउँमा भिषण वर्षाको सम्भावना रहेको छ ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले मनसुन न्यूनचापीय रेखा सरदर स्थानको माथि अवस्थित छ । त्यसलाई नजिकबाट नियालीरहेको र एकदमै ठूलो पानी पर्ने सम्भावना देखिए विशेष बुलेटिन नै जारी गरेर जानकारी दिइने मौसमविद झाले बताए । ‘मौसम पूर्वानुमानका मोडेल अपडेट भइरहन्छ, त्यसैले त्यसलाई हामीले नजिकबाट नियालीरहेका छौं,’ उनले भने, ‘अहिले नै कत्रो पानी पर्छ भनेर भन्न सकिँदैन ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार उदयपुरमा रहेको मौसमी राडारले धनुषा जिल्लाको हर्दिनाथ र तुलसी तथा सर्लाही जिल्लाको परवानीपुर आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा भैरहेको छ । उक्त क्षेत्रमा बनेको मौसमी प्रणाली दक्षिण–पश्चिम दिशामा सर्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

विभागका अनुसार गत २४ घण्टाभन्दा सबैभन्दा धेरै वर्षा धनुषाको तुल्सी केन्द्रमा १११ र परवानीपुरमा ९२ मिलिमिटर वर्षा भएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेश प्रदेश लगायत देशका बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा पनि मध्यम वर्षाको सम्भावना छ ।

आज राति पनि मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

आज दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेश प्रदेश लगायत देशका बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा पनि मध्यम वर्षाको सम्भावना छ ।

आज राति पनि मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।