रवि लामिछानेको पक्षमा ३४ लाखले गरे हस्ताक्षर
लोक कल्याणकारी विज्ञापन

रवि लामिछानेविरुद्ध गरिएको राजनीतिक प्रतिशोधविरूद्ध हस्ताक्षर संकलन अभियान जारी छ। आजसम्म ३४ लाख हस्ताक्षर संकलन भएको छ। साथै अभियानका लागि सहयोग रकम ६५ लाख संकलन भएको छ।
लोक कल्याणकारी विज्ञापन

हस्ताक्षर संकलन अभियान पश्चिमदेखि पूर्वी नेपालको देश यात्रामा निस्किएको छ। पार्टी सभापति लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर संकलन अभियान जारी रहेको प्रवक्ता मनीष झाले बताए।
लोक कल्याणकारी विज्ञापन

हस्ताक्षर संकलन अभियान पश्चिमदेखि पूर्वी नेपालको देश यात्रामा निस्किएको उनले बताए। उनले भने, ‘हिजोदेखि सुदूरपश्चिमको कञ्चनपुरबाट पनि अभियानको सुरु भएको छ। यसको नेतृत्व सचिवालय सदस्य दीपक बोहराले गर्नुभएको छ।’
बिज्ञापन

रास्वपाले सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेको भन्दै असार ७ गतेदेखि अभियानको सुरु गरेको थियो।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

