नारायणगढ–मुग्लिन सडकको तुइन खोलामा पुनः पहिरो, वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुनः पहिरो खसेको छ। मंगलबार दिउँसो चार बजेर ५५ मिनेटमा खसेको सुक्खा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको चितवन सडक डिभिजन भरतपुरले जनाएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका- ५, तुइन खोलास्थित सडकमा माथिबाट ठुलो सुक्खा पहिरो निरन्तर खसिरहेकाले दुईतर्फ सडक अवरुद्ध भएको छ।

पहिरो निरन्तर खसिरहेकाले सडक नै भासिन सक्ने जोखिम भई सवारीसाधनलाई फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।
तुइन खोलामा शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खुक्खा पहिरो खसिरहेको छ। निरन्तर खसेको सुक्खा पहिरो पन्छाएर राजमार्ग खुलाइए पनि मंगलबार अपराह्न फेरि सुक्खा पहिरो खसेको हो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
