राष्ट्रिय समाचार

आन्दोलनका क्रममा प्रहरीको हत्या गर्ने युवक पक्राउ 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जेन–जी आन्दोलनको क्रममा प्रहरीलाई कुटिकुटी हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। 

काभ्रेपलाञ्चोक घर भएका युवराज क्यापछाकीलाई पक्राउ गरी अनुसन्धान भइरहेको काठमाडौं परिसरले जनाएको छ। महाराजगन्जमा प्रहरीको हत्या घटनामा उनी संलग्न रहेको अनुसन्धानमा खुलेको छ । 

बिज्ञापन

आन्दोलनको क्रममा महाराजगन्जमा दुई तथा कोटेश्वरमा एक प्रहरीलाई नियन्त्रणमा लिई हत्या भएको थियो। प्रहरीका दर्जनौँ कार्यालयमा आगजनी र लुटपाटसमेत भएको थियो । प्रहरी कार्यालयमा लुटपाट गर्नेहरू पनि पक्राउ परिरहेको प्रहरीले जनाएको छ । भिडियो, फोटो र अन्य प्राविधिक अनुसन्धानबाट प्रहरीले आन्दोलनको मौकामा हिंसात्मक गतिविधिमा संलग्नहरूमाथि अनुसन्धान गरिरहेको छ। 
 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।