राजनीति

केपी ओलीलाई पद छाड्न नेताहरूको दबाब, आज गुण्डुमा बोलाइयो सचिवालय बैठक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्दैछ । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा भदौ २३ र २४ गतेको आन्दोलनको गम्भीर समीक्षा हुनेछ ।

यसका साथै अध्यक्ष ओलीको नेतृत्वलाई लिएर पार्टीभित्र चुलिएको असन्तुष्टि र राजीनामाको मागमाथि पनि सघन छलफल हुने एमाले नेताहरूले बताएका छन् । प्रधानमन्त्री पदबाट राजीनामा दिएर लामो समय नेपाली सेनाको ब्यारेकमा रहेका अध्यक्ष ओली गत असोज २ गते मात्रै सार्वजनिक भएका थिए ।

बिज्ञापन

उनी ब्यारेकमा रहँदा नै पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरूले बैठक बोलाएर पार्टीको अवस्थाबारे छलफल गर्नुपर्ने माग गरेका थिए । तर, ओलीले आफू नआई बैठक नराख्ने अडान लिएका थिए । गुण्डुमा डेरा सरेपछि पनि बैठक राख्न आनाकानी गरेका ओलीले यसबीचमा सचिवालयदेखि जनसंगठनसम्मका नेता-कार्यकर्तालाई निवासमै बोलाएर आफूमाथि गम्भीर षड्यन्त्र भएको र त्यसको प्रतिवाद गर्नुपर्ने धारणा राखेका थिए ।

यद्यपि, पार्टीभित्र भने ओलीको नेतृत्वलाई लिएर तीव्र असन्तुष्टि बढेको छ । सचिवालय तहका अधिकांश नेताहरूले अध्यक्ष ओलीलाई ‘स्टेप डाउन’ अर्थात् पद छाड्न भनिसकेको स्रोतले जानकारी दिएको छ । केही दिनअघि ओलीलाई भेट्न गुण्डु पुगेका सचिव योगेश भट्टराईले स्पष्ट रूपमा राजीनामाको माग गरेको बताइएको छ । त्यस्तै, सचिवालय सदस्य सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिव गोकर्ण विष्टले पनि ओलीले पद छाड्नुपर्नेमा जोड दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि ‘अहिले नबोले कहिले बोल्ने ?’ भन्दै अध्यक्ष ओलीमाथि दबाब बढाउने योजनामा छन् । नेताहरूका अनुसार उपाध्यक्ष विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’ पनि अध्यक्ष ओलीको नेतृत्वमा पार्टी अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगिसकेका छन् । आजको बैठकमा उनीहरू कसरी प्रस्तुत हुन्छन् भन्ने कुराले पार्टीभित्रको भावी दिशा तय गर्ने धेरैको अनुमान छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।