सुदूरपश्चिम प्रदेश

भारतबाट घर फर्किनेको चाप बढेसँगै नाकामा जाँचका लागि कुकुर परिचालन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

 धनगढी । दसैंका लागि भारतबाट घर फर्किनेको चाप बढेसँगै नाकामा जाँचका लागि कुकुर परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीको केनाइन शाखाबाट ल्याइएका कुकुरबाट जाँच गरिएको हो । ‘नाकामा भीडभाड बढेको छ, त्यही भएर कुकुर परिचालन गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले भने, ‘आवश्यकताअनुसार फेरि पनि कुकुर परिचालन गरिने छ ।’

केनाइन शाखाबाट प्रदेशका सबै नाकाहरुमा जाँच हुने भएकाले एकै नाकामा नियमित रुपमा कुकुर राख्न नसकिने उनले बताए । विगतका वर्षमा पनि दसैं र तिहारका बेला जाँचका लागि कुकुर परिचालन गरिएको थियो । प्रहरीले नाकामा नागरिक सहायता कक्ष पनि सञ्चालन गरेको छ । भारतबाट भर फर्किने यात्रुको विवरणसँगै समस्यामा परेकाहरुलाई सहयोग गर्न नागरिक सहायता कक्ष सञ्चालन गरेको हो ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।