अरिङ्गालको टोकाइबाट डोटीकी एक महिलाको मृत्यु

धनगढी । डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । शिखर नगरपालिका–२ मुडेगाउँकी २२ वर्षीया मंगला पार्कीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो ।
गत असोज ४ गते दिउँसो घाँस काट्न गएकी पार्की अरिङ्गालले टाउको, हात र घाँटीमा टोकेर गम्भीर घाइते भएकी थिइन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुस्तमनस्थिति भएकी उनको स्वास्थ्य अवस्थाबारे ढिलो गरी जानकारी भएको थियो । उनलाई घटनाको करिब दुई हप्तापछि असोज १८ गते उनकी आमा मुनुली विकले जिल्ला अस्पताल डोटी पुगाएकी थिइन ।
स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई मंगलबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रेफर गरिएको थियो । उपचारकै क्रममा बुधबार बिहान निधन भएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
