सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा दशैँको अवधिमा सवारी दुर्घटनाबाट आठ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी : सुदूरपश्चिम प्रदेशमा दसैँको अवधिभर भएका सवारी दुर्घटनाबाट आठ जनाको मृत्यु भएको छ। प्रदेशमा दशैँको समयमा एक सय २२ जना घाइते भएका छन्।

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म प्रदेशका पाँच जिल्लामा ४९ वटा सवारीसाधन दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। सबैभन्दा धेरै कैलाली र कञ्चनपुरमा २१÷२१ वटा सवारीसाधन दुर्घटनामा परेको तथ्याङ्क छ। कैलालीमा चार जनाको मृत्यु हुँदा ५४ जना घाइते भएका छन् भने कञ्चनपुरमा दुई जनाको मृत्यु भने ३७ घाइते भएका छन्।

बिज्ञापन

बैतडीमा पाँच वटा सवारीसाधन दुर्घटना एकको मृत्यु भएको छ। बैतडीमा १४ जना घाइते भएका छन्। दार्चुलामा एकको मृत्यु र १० जना घाइते, डडेल्धुरामा एउटा सवारीसाधन दुर्घटनामा ७ जना घाइते भएका ट्राफिक प्रहरीले बताएको छ।

दसैँको बेला डोटी, बाजुरा, अछाम र बझाङमा भने सवारीसाधन दुर्घटना नभएको पाइएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।