राष्ट्रिय समाचार

हामी युवा पुस्ताले चाहेकाे परिवर्तनप्रति प्रतिवद्ध छाैं, दलहरूले पनि आफूलाई सुधार्नुपर्छ : प्रधानमन्त्री कार्की

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिवद्ध भएको बताएकी छन् । जेनजी आन्दोलनको एक महिनाको उपलक्ष्यमा सम्बोधन गर्दै उनले विगतमा सरकारहरुले युवाहरुको माग सम्बोधन नगरेको उल्लेख गरिन् ।

त्यस्तै, प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरुले पनि आफूलाई सुधार्नुपर्नेमा जोड दिइन् । जेनजी आन्दोलन पछाडिका कारणलाई गम्भीरताका साथ लिनुपर्ने पनि उनले बताइन् ।

बिज्ञापन

सम्बोधन क्रममा युवा पुस्ताले गरेको क्रान्तिलाई सबैले सम्मान गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘एकातिर निराशा व्याप्त छ भने अर्कोतर्फ देशप्रति उत्कट प्रेम छ । उनीहरुको भावनालाई म सम्मान गर्न चाहन्छु । विगतका सरकारहरुले युवाहरुको आवाज सुन्न सकेनन् । उनीहरुको माग सम्बोधन गर्न सकेनन् । यसका लागि हामी सबै आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ । हामी युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिवद्ध छौं । हामी एउटा नयाँ मार्गमा अघि बढिरहेका छौं । यो मार्ग चुनाव पछि पनि निरन्तर कायम रहनुपर्छ । यसका लागि युवा सचेत हुन जरुरी छ । राजनीतिक दलहरुले आफूलाई सुधार गर्न पनि जरुरी छ । हामीले बाढी प्रभावितलाई विशेष व्यवस्था ल्याएका छौं । हामी शहीदहरुको बलिदानलाई खेर जान नदिने गरी कार्य गर्छौं ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।