सुदूरपश्चिम प्रदेश

विपिन जोशीको परिवार अझै आशावादी, घरटोलमा सन्नाटा 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दुई वर्षदेखि हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे इजरायली अधिकारीलाई उदृत गर्दै इजरायली राजदूत धनप्रसाद पण्डितले जोशीको घरपरिवारलाई जीवित नभएको जानकारी गराएका छन् । यो खबरले विपिनको परिवारमा सन्नाटा छाएको छ ।

लोक कल्याणकारी विज्ञापन

भीमदत्त नगरपालिका– ३, महेन्द्रनगर बिचपुरी टोलस्थित विपिनको घर परिवार आफन्तमा सन्नाटा छाएको छ । इजरायली सरकारले नेपाली राजदुतावास र परिवारलाई भिडियो कलमार्फत सोमबार बिहान दिएको सूचनामा परिवार अझै विश्वस्त छैन । विपिनका ठुलोबुबाका छोरा (दाजु) किशोरका अनुसार नेपाली विपिनको घरपरिवार एकातिर अन्याेलमा छ भने अर्कातिर अझै आशावादी पनि छ । 

लोक कल्याणकारी विज्ञापन

हमास समुहले सोमबार २० कैदीबन्दीसँगै विपिन  जोशी पनि रिहा गर्ने आशामा परिवार थियो । तर, उनी जीवित नभएको विषय बाहिरिएपछि अमेरिकामा रहेकी विपिन जोशीको बहिनी पुष्पा, आमा पद्मा र नेपाल (घर)मै रहेका बाबु महानन्दमाथि थप पीडा थपिएको छ । परिवार अझै पनि  विपिन जीवितै रहेकोमा आशावादी छ । 

बिज्ञापन

विपिनका दाजु किशोरले आफूलाई विपिन जीवितै रहेको विश्वास रहेको बताए । इजरायली अधिकारीले राजदूत पण्डित तथा विपिनका आमा र बहिनी तथा किशोरलाई भर्चुअल अर्थात् भिडियोमार्फत विपिन जीवितको सूचीमा नभएको जानकारी दिएका थिए । ‘आशा गरौँ, यत्रो दुई वर्ष त कुरियो, अब फेरि पनि कुर्छौँ,  ‘पूरै बन्दी रिहा नहुँदासम्म हामी पूर्ण आशावादी छौँ,’ किशोरले भने । 
सोमबार आफन्तको घरमा श्राद्ध भएकाले विपिनको घरमा बाबु महानन्द उतै थिए । घरमा जम्मा भएका आफन्त निराश छन् । 

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन