सरकारले फिर्ता बोलाएका राजदूत सर्वोच्चले रोक्यो ११ देशका राजदूत यथावत

काठमाडौं । सरकारलेफिर्ता बोलाएका ११ देशका राजदुत सर्वोच्च अदालतको अल्पकालीन आदेशले फिर्ता हुनुनपर्ने गरि रोक्न आदेश दिएको छ। गत ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले २० कात्तिकभित्र राजनीतिक नियुक्ति लिएका राजदूतहरूलाई फिर्ता आउन निर्देशन दिएको थियो ।
सरकारको यो निर्णय कानुनसम्मत नभएको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भयो ।
यो मुद्दाको प्रारम्भिक सुनुवाइपछि नै सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले निर्णय कार्यान्वयन नगर्नू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिदियो ।
सर्वोच्चको यो आदेशपछि चार दिनपछि नेपाल फर्कने तयारी गरिसकेका ११ देशका राजदूत अब तत्काल फर्कन नपर्ने भएको छ ।

सरकारले फर्कनू भनेकामध्येका एकजना राजदूतले भने नेपाल फर्कने तयारी लगभग अन्तिम चरणमा पुगिसकेको थियो लगभग २० गतेभित्रै आउनू भनेकाले आफ्नो सरसामान तयारपारेर फर्कने तयारी गरिसकेको थिएँ उनले भने अब सर्वोच्चको आदेशले आदेशले फ़र्कनु नपर्ने भएपछि यथावत जिम्मेवारीसहि कार्यलाई निरन्तरता दिन्छौं ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.