कञ्चनपुरमा वृद्ध दम्पतीमाथि लुटपाट, गहना र नगद चोरी
लोक कल्याणकारी विज्ञापन

बेदकोट नगरपालिका–५ पोल्खरीमा शनिबार राति चार–पाँच जनाको समूहले वृद्ध दम्पतीमाथि कुटपिट गरी गहना र नगद लुटेको प्रहरीले जनाएको छ।
लोक कल्याणकारी विज्ञापन

कञ्चनपुर। बेदकोट नगरपालिका–५ पोल्खरीमा शनिबार राति चार–पाँच जनाको समूहले वृद्ध दम्पतीमाथि कुटपिट गरी गहना र नगद लुटेको प्रहरीले जनाएको छ।
लोक कल्याणकारी विज्ञापन

प्रहरीका अनुसार राति करिब २ बजेतिर घरभित्र पसेका लुटेराले ५७ वर्षीया द्वारिका पन्तको नाकको बुलाकी र कानका बाली चुँडेर लगेका छन्। कानको लोती समेत चुँडिएको छ। लुटेरा समूहले दुई तोला भन्दा बढी तौलका गहना र डेढ लाख रुपैयाँ नगद चोरी गरेको बताइएको छ।
बिज्ञापन

जिल्ला प्रहरी कञ्चनपुरका एसपी खडकबहादुर खत्रीका अनुसार, कोठामा वृद्ध दम्पती मात्रै रहेको बेला उनीहरूलाई कुटपिट गरिएको थियो।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

