दिपायलमा नयाँ निरंकारी सत्संग भवनको उद्घाटन

दिपायल, ६ मंसिर । दिपायलको पिपल्लामा नयाँ निरंकारी सत्संग भवनको उद्घाटन गरिएको छ । सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलद्वारा उद्घाटन गरिएको उक्त भवनको जग्गा स्थानीय सन्त भारती रोकाया जीले दान गर्नुभएको हो ।

उक्त अवसरमा अध्यक्ष रावलले भन्नुभयो कि एउटा मूर्तिकारले परमात्मासँग भन्छ, ‘ए परमात्मा–ईश्वर ! हजूर एउटा कारिगर हो, मपनि एउटा कारिगर हुँ । तिमीले यी मानव रुपी पुतला बनाएर संसारमा पठाउनुभयो, मैले पनि अनेकौ पुतलाहरु बनाएर बजारमा बेचे । तपाईले बनाएका पुतलाहरु आपसमा लड्छन् तर मैले बनाएका पुतलाको अगाडि सबैले शिश झुकाउने गर्दछन् ।’ यो निकै विचरणिय कुरा रहेको छ । ईश्वरले हामीलाई नर–नारी देह दिएर संसारमा पठायो । परमात्माले हामीलाई किन मानव देह दिएर पठाएको हो त यसमा हामीले गहिरिएर विचार गर्नु पर्ने छ । ईश्वर तिमीले सूर्य बनायो, चन्द्र बनायो, तारा बनायो, पृथ्वी, जल, थल, पशु–पंक्षी, नर–नारी बनायौं, तिमीले सबको पालन पर्छौ, समय–समयमा हर्छौ–भर्छौ । बुझ्नु छ गाहे तिम्रो काम, परमेश्वर हो तिम्रो नाम । यस्तो प्रकारको स्तूति–प्रार्थना ग¥यौं । सूर्य–चन्द्रमा बनाउने को हो त ? यसको निर्माताको को हो ? मूर्तिकार को हो ? हामीलाई यसको परिचय थिएन । सूर्यलाई अर्ध दियौं, चन्द्रमाको वर्त बस्यांैं, नव ग्रहको पूजा गरयौं । त्यस्तै अग्नी देउता, जल देउता, वायु देउता, जीव, आकाशलाई परमात्माको रुपमा पूजा गरयौं । तर विद्यालयमा शिक्षक–शिक्षिकाहरुले सूर्यलाई प्रकृति अथवा ग्रह भनेर पढायो, पृथ्वीलाई पनि एउटा ग्रह भनेर पढायो । यी सबै ईश्वरले बनाएका प्रकृति रहेछन् । किनभने यी सबै परिवर्तनशिल रहेका छन् । हाम्रो शरीर पनि नाशवान अर्थात पविर्तनशिल छ । शरीरलाई आत्माले छोडिपछि सबै प्रकृतिमा विलिन हुन जान्छ अर्थात पाँच तत्वको शरीर पाँच तत्वमा मिल्न जान्छ । यसरी यी जुन नौ प्रकृति छन् ती सबै नाशवान अर्थात परिवर्तनशिल छन् । यो संसारलाई रचना गर्ने निराकार–परमात्मा रहेको छ । जसको कुनै आकार–प्रकार छैन, यो सर्वत्र ठाउँमा उपलब्ध रहेको छ । यो नभएको कुनै ठाउँ छैन, उहाँले बताउनुभयो ।


सत्गुरुले ब्रम्हज्ञानको माध्यमबाट हामीलाई निराकार–परमात्माको दर्शन गराउनुभयो, जून अविनाशी र सर्वव्यापी रहेको छ । यो सर्वव्यापी निराकारको आज सत्गुरुले हामीलाई ज्ञान गराउनु भएको छ । यसभन्दा पहिले हामी जुन परमात्माको पूजा गथ्र्यो, त्यसलाई जानेका थिएनौं तर सत्गुरुको कृपाले यसको जानकारी भयो । संसारका सबै वस्तुहरु परिवर्तन छन्, मात्र यो निराकार अपरिवर्तनशिल छ । यसले नै संसार र हामीलाई संचालन गरेको छ । मको समाप्त भएर सबै ठाउँमा हरि नै हरि व्याप्त रहेको छ । सत्गुरुको कृपाबाट थाह भयो कि हामी निरंकारका अंश रहेछौ । आत्मा परमात्माको अंश रहेछ भन्ने कुराको जानकारी भयो, उहाँले प्रस्ट पार्नुभयो ।

उहाँले आत्म मन्थनमाथि प्रकाश पार्दै भन्नुभयो कि जबसम्म हामीमा आत्म मन्थन हुँदैन, तबसम्म हामीमा भरिएका काम, क्रोध, लोभ, मोह, अहंकार जस्ता विकारको समाप्ति हुन सक्दैन । विकारलाई हटाउनको लागि ज्ञानको आवश्यकता रहेको छ । संसारमा जतिपनि भौतिक सम्पत्ति हामीसँग रहेका छन्, ती क्षणिक छन्, नाशवान र हामीसँग जाने वाला छैनन्, यही रहने छन् । हाम्रो वास्तविक ठेगाना भनेको यो निराकार परमात्मा मात्र हो । यो नै हाम्रो सच्चा पिता हो । यसैसँग आफ्नो लगन–गाँठो गाँसिराख्नु पर्दछ । जसबाट मानव योनि पाएको सार्थक गर्न सकिन्छ, उहाँले बताउनुभयो ।

सत्संग कार्यक्रममा केन्द्रीय सचिव अनिल महर्जन, सहसचिव नर बहादुर बि.क., कोषाध्यक्ष कृष्णकन्यैहा पाठक लगाएत स्थानी सन्त–भक्तहरुको उत्साह वर्धक सहभागिता रहेको थियो ।

स्मरण रहोस कि सन्त निरंकारी मण्डल नेपालको केन्द्रीय समिति अहिले नेपालको कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम, दैखेख, सुर्खेत, बाँके, बर्दियाका विभिन्न ठाउँमा निर्मित निरंकारी सत्संग भवनको स्थलगत निरक्षण गर्दै त्यसमा रहेका भौतिक सुविधाहरुको निरिक्षण गर्ने कार्यक्रम रहेको छ । जसमा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नर बहादुर रावल, सचिव अनिल महर्जन, सहसचिव नर बहादुर बि.क. र कोषाध्यक्ष कृष्णकन्यैहा पाठक जीको सहभागिताको रहेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.