सुदूरपश्चिम प्रदेश

डोटीमा जिप दुर्घटना हुँदा १२ जना घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। दिपायलबाट आदर्श गाउँपालिकाको गोरेलीतर्फ जाँदै गरेको सुपप्र ०२ ००१ च ११३५ नम्बरको बोलेरो जिप आदर्श गाउँपालिका–४ ल्वारेगडामा दुर्घटना हुँदा १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

जिप बेलुकी करिब ७ बजे कच्ची सडकमा अनियन्त्रित भइ सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले बताएको छ। घाइतेको स्थानीय काँणीस्याउलेस्थित जिडी पोलिक्लिनिकमा उपचार भइरहेको छ।

बिज्ञापन

घाइते हुनेहरूमा आदर्श गाउँपालिका – ४, देहीमाडौंका २१ वर्षीय भगवती बिक, उनको १ वर्षीय छोरा राजन बिक, वर्ष ५ की रीतिका बिक, ३८ वर्षका टीका बिक, १९ वर्षका शेर बिक, वर्ष १८ की सरस्वाती ओझा, वर्ष २५ का दिल्ली राज ओझा, वर्ष २३ की बिष्ना ओझा, वर्ष ४ का दीपेश ओझा, सोही वडाको भुवा बस्ने जिप चालक वर्ष २८ का मोहन बिष्ट, वर्ष ३५ का लाल बहादुर बिष्ट, वर्ष २२ का सन्तोष बिष्ट रहेका छन्।

घाइतेको उद्धारका लागि प्रहरी निरीक्षक पदम राज पन्तको कमान्डमा नौ सदस्यीय प्रहरी टोली खटिएको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।