टीकापुरको खक्रोला रोडमा ट्याक्टर र मोटरसाइकल ठोकिदा २ जना सख्त घाई*ते, तीन वर्षिय बालिका बाँच्न सफल

टीकापुर, ७ पौष । टीकापुरको खक्रोला रोडमा ट्याक्टर र मोटरसाइकल ठोकिदा २ जना सख्त घाईते भएका टीकापुरको खक्रोला रोडमा ट्याक्टर र मोटरसाइकल ठोकिदा २ जना सख्त घाईते भएका छन् भने ३ वर्षिय बालिका बाँच्न सफल भएकी छिन् ।
आइतबार साँझ टीकापुरमा ट्याक्टर र मोटरसाइकल ठोकिदा ३ जना घाइते भएका थिए । टीकापुर वसपार्क नजिकै से १ त ६८७० नम्मरको ट्याक्टर र लुम्विनी प्रदेश ०३–००१ प ०७०२ नम्वरको मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकलमा सवार ३ जना घाइते भएका प्रहरीले बताएको छ ।
घाइते हुनेमा मोटरसाइकल चालक लम्की चुहा नगरपालिका वडा नं. ४ भल्का निवासी २२ बर्षिय करण सुनार, उहाँकी श्रीमती २१ बर्षिया निसा सुनार र ३ बर्षिया छोरी कृतिका सुनार रहेका हुन् । करणको टाउकोमा, निसाको मुख र टाउकोमा र छोरीको निधारमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूको टीकापुर अस्पतालमा उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ । ट्याक्टर र ट्याक्टर चालक टीकापुर १ बाघमाराका ४९ वर्षिय जलोटा चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
