राष्ट्रिय समाचार

विराटनगरका दुईवटा क्यासिनोमा प्रहरीको मध्यराति छापा : सञ्चालकसहित २० जना नेपाली पक्राउ 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विराटनगरका होटेलहरूमा सञ्चालन भइरहेका दुईवटा क्यासिनोमा प्रहरीले मध्यराति छापा मारेर २० जना नेपालीलाई नियन्त्रणमा लिएको छ । 

मोरङ प्रशासनको निर्देशनमा प्रहरीले आइतबार मध्यराति छापा मारेर दुई क्यासिनोका सञ्चालकसहित २० जना नेपालीलाई नियन्त्रणमा लिएको हो । 

बिज्ञापन

प्रतिबन्ध भए पनि नेपालीहरूलाई सहभागी गराएर क्यासिनोमा जुवा खेलाउने गरेको सूचनाको आधारमा प्रहरीले विराटनगरको बसपार्कमा रहेको होटेल रत्नामा रहेको गोल्डेन क्यासिनो र रोडशेषचौकमा रहेको होटेल विगभित्रको च्यापियन जोन क्यासिनोमा आइतबार मध्यराति छापा मारेको हो । 

पक्राउ पर्नेहरूमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतमसहित २० जना नेपाली छन् । 

प्रहरीका अनुसार पक्राउ पर्नेहरू होटेल रत्नाको गोल्डेन क्यासिनोबाट १४ जना र विग होटेलको च्याम्पियन जोन क्यासिनोबाट ६ जना नेपाली रहेका छन् । 

कानुनअनुसार नेपालीलाई  क्यासिनोमा गएर जुवा खेल्न र खेलाउन पूर्ण प्रतिबन्ध छ । 
पक्राउ परेकाहरू सबैलाई जुवा ऐन कसुरमा अदालतबाट म्याद थप गराएर अनुसन्धान अगाडि बढाउने मोरङका एसपी कवित कटुवालले बताए । 

भारतीय पर्यटकहरूलाई लक्षित गरेर विराटनगरका तारे होटेलहरूभित्र खुलेका क्यासिनोहरूले कानुनले निषेध गरे पनि खुलेआम नेपालीलाई प्रवेश गराएर जुवा खेलाउँदै आएका छन् । प्रहरीले पटक–पटक क्यासिनोमा छापा हान्ने गरे पनि कानुनी कारबाही नहुँदा नेपालीहरू जाने क्रम रोकिएको छैन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।