राजनीति

राप्रपाः काठमाडौं १ बाट उम्मेदवार नबन्ने पशुपतिशम्शेरको प्रष्टोक्ति

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राप्रपाबाट काठमाडौं १ मा उम्मेदवारीका लागि दुईथरि सिफारिस अघि बढेपछि उत्पन्न अन्यौल समाधान उन्मुख बनेको छ । एउटा सिफारिस सूचीमा पहिलो नम्बरमा नाम राखिएका पूर्वअध्यक्ष पशुपतिशम्शेर राणाले आफू सो क्षेत्रमा उम्मेदवार नबन्ने प्रष्ट पारेका छन् ।

राप्रपाले गत माघ २८ गते पार्टीका जिल्ला अध्यक्षहरुलाई परिपत्र गर्दै प्रत्यक्ष र समानुपातिक उम्मेदवार बन्न चाहेका ३/३ व्यक्तिहरुको नामावली क्षेत्रीय कार्यसमितिको निर्णयसहित १ हप्ताभित्र पठाउन भनेको थियो । सोही अनुसार क्षेत्र नम्बर १ बाट जिल्ला कार्यसमितिमा रविन्द्र मिश्रसहितको आधिकारिक सूची गएको छ ।

बिज्ञापन

सूचीमा प्रत्यक्षतर्फ मिश्र, रामेश्वर श्रेष्ठ (क्षेत्रीय अध्यक्ष) र राम तण्डुकार रहेका छन् । यस्तै, समानुपातिकतर्फ मीना सुबेदी रवीना शाही, सुमिरा कार्की र लक्ष्मी तण्डुकारको नाम सिफारिस गरिएको छ । क्षेत्रिय अध्यक्ष रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेर यो सूची ६ गते जिल्ला कार्यसमितिमा पुगेको देखिन्छ ।

तर, उक्त आधिकारिक सूची जिल्लाले फरवार्ड गर्न नपाउँदै क्षेत्रीय कार्यसमितिका नाममा अर्को सूची सिधै केन्द्रमा पुगेपछि अन्योल भएको थियो । उक्त सूचीमा प्रत्यक्षतर्फ पूर्वअध्यक्ष पशुपतिशम्शेर राणा पहिलो नम्बरमा छन् । यस्तै, उनीपछि क्रमशः सोभित क्षेत्री, प्रतिमा श्रेष्ठ र रामेश्वर श्रेष्ठको नाम राखिएको छ । यस्तै समानुपातिकतर्फ ६ जनाको नाम समावेश छ ।

जिल्लालाई क्रस गरेर सिधै केन्द्रमा पुर्‍याइएको सूची ‘अनाधिकृत’ रहेको पाइयो । स्रोतका अनुसार क्षेत्रीय कार्यसमितिमा मिश्रलाई नरुचाउने केही सदस्यहरु बसेर यो सूची तयार गरेका थिए । तर, यो सूचीमा पहिलो नम्बरमा रहेका राणाले नै आफू काठमाडौ १ बाट लड्न नचाहेको बताएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।