राजनीति

महेश बस्नेतले प्रधानमन्त्रीलाई भने- गोला प्रक्रियाबाट मतपत्रमा चुनाव चिन्ह राख्न खोजिए स्वीकार्य हुन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले ल्याएको निर्वाचन सम्बन्धी अध्यादेश स्वीकार्य नहुने बताएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको विदेशमा बसेका नेपाली र अन्तर जिल्ला मतदानको बारेमा छलफलमा एमालेबाट प्रतिनिधित्व गरेका बस्नेतले ठूला दलसँग एक्ला एक्लै संवाद गर्न कार्कीलाई आग्रह गरे ।

बिज्ञापन

उनले अध्यादेशमा प्रतिनिधिसभाको मतपत्रमा दलहरूको चुनाव चिन्ह गोला प्रथाबाट राखिने भन्ने कुरा आएको भन्दै त्यो स्वीकार्य नहुने बताए ।

अघिल्लो निर्वाचनको समानुपातिक मतका आधारमा दलको चुनाव चिन्ह मतपत्रमा राखिने व्यवस्था खारेज गरेको हो भने सरकारले चुनाव गराउन नचाहेको ठहरिने उनले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।