सुदूरपश्चिम प्रदेश

भारतबाट नेपाल आउने क्रममा कैलालीका रुपक जोशी वेपत्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी: २४ वर्षीय रुपक जोशी भारतको महाराष्ट्र राज्यस्थित मनबाड रेल्वे स्टेशनबाट नेपाल आउँदै गर्दा हराएका छन्। जोशी जानकी गाउँपालीका-२ खैरेनिका स्थानिय हुन्।

उनी मिति २०८२–०९–०४ मा भारतबाट प्रस्थान गरेका थिए र अन्तिम पटक २०८२–०९–०९ मा मध्य प्रदेश राज्यको बुरहानपुरमा सम्पर्कमा आएका थिए।

बिज्ञापन

त्यसपछिका कुनै पनि माध्यमबाट उनका परिवारले सम्पर्क गर्न नसकेको र यस कारण परिवार अत्यन्तै चिन्तित भएको उनका दाई दिपक राज जोशीले जानकारी दिए। उनको स्वास्थ्य अवस्था राम्रो नभएको उनका दाईले भने। परिवारले खोजतलास र आवश्यक सहयोगका लागि सम्बन्धित निकायहरूसँग अनुरोध गरेका छन्।

यस सम्बन्धमा जानकारी वा सहायता दिन चाहने व्यक्तिहरूले तलका सम्पर्क नम्बरमा सम्पर्क गर्नुस्।

नेपालका लागि ९८६५८२८४१६, ९८२६७३७४३०
भारतका लागि ८२९६४०७५३९

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।