अछामका न्यायाधीश रोशनकुमार भट्टराई विरुद्ध न्याय परिषद्मा पर्यो उजुरी

अछाम । जिल्ला अदालत अछामका न्यायाधीश रोशन कुमार भट्टराई विरुद्ध न्याय परिषद्मा उजुरी परेको छ । न्यायाधीश भट्टराईले अछामको पञ्चदेव विनायक नगरपालिका ४, का १५ वर्षीय विनोद शाहीको हत्या अभियोगका अभियुक्तहरूलाई न्यायिक मर्यादा, अनुशासन विपरीत गई पूर्वाग्रहपूर्ण ढंगले, आर्थिक लाभ समेत लिई सफाइ दिएको दाबी गर्दै परिषद्मा उजुरी परेको हो ।
विनोद शाहीका बुबा बलबहादुर शाहीले मंसिर २२ गते न्यायाधीश भट्टराईले गरेको फैसला विरुद्ध दायर गरिएको उजुरीमा अछाम जिल्ला अदालतका न्यायाधीश रोशन कुमार भट्टराईले न्यायिक मर्यादा, अनुशासन विपरीत गई पूर्वाग्रहपूर्ण ढंगले, आर्थिक लाभ समेत लिई सबै कसुरदारलाई सफाइ दिई फैसला गरेको दाबी गरिएको छ । साथै उनको फैसलाले न्याय परिषद् ऐन,२०७३ को दफा ११ र दफा १२ को गम्भीर उल्लंघन भएकाले भन्दै कारबाहीको माग गरिएको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद २०७९ जेठ २१ गते मृत अवस्थामा भेटिएका थिए । उनको मृत्यु नभएर हत्या गरिएको भन्दै बुबा शाहीले १० जना विरुद्ध २०७९ असार २१ गते बुबा शाहीले जिल्ला अदालत अछाममा मुद्दा दायर गरेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
