सन्त निरंकारी आदर्श विद्या मन्दिरको अध्यक्षमा प्रकाश भण्डारी मनोनित

टीकापुर, १९ पौष । सन्त निरंकारी आदर्श विद्या मन्दिरको अध्यक्षमा प्रकाश भण्डारी मनोनित हुनुभएको छ । अध्यक्ष भण्डारी र मनोनित नयाँ सदस्यहरुलाई सन्त निरंकारी मण्डलका अध्यक्ष तथा सन्त निरंकारी आदर्श विद्या मन्दिर मा.वि. गुठियार वोर्ड प्रमुख नर बहादुर रावलले खादा र टीका लगाएर स्वागत गर्नु भएको छ ।

विद्यालयको विधान २०५९ (प्रथम संसोधन २०७१) को परिच्छेद–३ को दफा– १२ मा व्यवस्था भए अनुसार मातृ संस्था सन्त निरंकारी मण्डल नेपालद्वारा मनोनित गुठियार वोर्डबाट विद्यालय व्यवस्थापन समिति गठन गरिने व्यवस्था भए अनुसार सन्त निरंकारी आदर्श मन्दिर विद्या मन्दिरको विद्यालय व्यवस्थापन समिति गठन भएकोमा शिक्षा ऐन (नवौं संसोधन) २०७३ को दफा– १२ उपदफा– ५ अनुसार समय अवधि समाप्त भई स्वतः विगठन भएकोले दफा– १२ को उपदफा– ४ अनुसार विद्यालयको संचालन, रेखदेख तथा व्यवस्थापन गर्न ३ वर्षको लागि विद्यालय व्यवस्थापन समितिको गठन सर्वसम्मतिबाट पारित गरिएको छ । जसमा–


१) अध्यक्ष ः प्रकाश भण्डारी
२) सदस्य ः हेमन्त रावल (अभिभावक पुरुष प्रतिनिधि)
३) सदस्य ः लक्ष्मी बोहरा (अभिभावक महिला प्रतिनिधि)
४) सदस्य ः मोहन वि.क. (वडा प्रतिनिधि)
५) सदस्य ः शालिक राम घर्ती (शिक्षक प्रतिनिधि)
६) सदस्य सचिव ः भरत कुमार तिरुवा (प्र.अ.)
७) सदस्य ः नगरपालिका प्रतिनिधि (वि.नि.) रहेका छन् ।

त्यस्तैं सल्लाहकार समितिमा–
१) संयोजक ः बल बहादुर रावल
२) सदस्य ः श्रीराम काफ्ले (नि.अध्यक्ष)
३) सदस्य ः नर बहादुर थापा
४) सदस्य ः पूर्ण कुमाल
५) सदस्य ः मिन बहादुर वि.क.
६ं) सदस्य ः दीपक रावल
७) सदस्य ः धन सिंह नेपाली
८) सदस्य ः राजन रेग्मी
९. सदस्य ः चन्द्रा धामी रहेका छन् ।
त्यस्तै गुठियार बोर्डमा–
१) प्रमुख ः नर बहादुर रावल
२) कोषाध्यक्ष ः बल बहादुर सार्की
३) सचिव ः महादेव भण्डारी
४) सदस्य ः देवराज रिमाल
५) सदस्य ः नर बहादुर बटाला रहेका छन् ।

मनोनित सदस्यहरुलाई एक कार्यक्रम बीच उनीहरुको कार्यकालको उत्तरोत्तर प्रगतिको साथै कार्यकाल सफलताको शुभ कामना प्रदान गरिएको थियो । साथै विद्यालयले अगामी दिनमा गर्नु पर्ने कार्य र चुनौति प्रति छलफल पनि गरिएको थियो ।

विद्यालयका नि.अध्यक्ष श्रीराम काफ्लेको नेतृत्वमा रहेको व्यवस्थापन समितिले आफ्नो कार्यकालमा विद्यालयको भौतिक तथा व्यवस्थापिकीय जिम्मेवारीलाई कुशलता पूर्वक सम्पन्न गरेर विदा भएको छ ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.