राजनीति

अधिवक्ता मञ्जु मिश्र कैलाली ३ बाट स्वतन्त्र लड्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन व्यवसायी मञ्जु मिश्र स्वतन्त्र रुपमा चुनाव लड्ने भएकी छन् ।

एमाले निकट रहेकी उनी एमालेमा देश र जनताप्रति देखिएको गैर जिम्मेवारीले आफू स्वतन्त्र होमिन लागेको बताउँछिन् ।

बिज्ञापन

समाजशास्त्र, मानवशास्त्र र कानुनशास्त्रमा स्नातकोत्तर मिश्रले कैलालीमा समाजसेवी र लेखकको समेत परिचय बनाएकी छन् ।

सुदूरपश्चिमलाई गरिबीबाट मुक्त पार्ने, पछाडि परेको वर्गलाई उठाउने, सुशासन कायम गर्न रणनीति बनाउने, छाउपडी, कमैया, कम्लहरी जस्ता कुप्रथा व्यवहारिकरुपमै हटाउने चुनावी मुद्दा आफूले उठाउने उनले बताइन् ।

अधिवक्ता मिश्रले हिन्दू राष्ट्र राख्ने, प्रदेश हटाउने, स्थानीय तहलाई बलियो बनाउनुपर्ने आफ्नो एजेन्डा सुनाइन् ।

घोडाघोडी नगरपालिका १० की स्थायी बासिन्दा मिश्रले घोडाघोडी नगरपालिकाले ५१ विद्यालयका प्रधानाध्यापक फेरबदल निर्णय विरुद्ध अदालत गएर नगरपालिकालाई निर्णय फिर्ता लिन बाध्य पारेकी थिइन ।

इन्टरनेश्नल बिजनेश एण्ड ट्रेड लमा स्नातकोत्तर अधिवक्ता मिश्रले अन्तर्राष्ट्रिय व्यापार तथा वाणिज्य कानुससनसम्वन्धी मुद्दामा चासो राख्ने गरेकी छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।