टीकापुर

जनप्रतिनिधिविहीन बन्यो टीकापुर नगरपालिका सेवा ग्राहीलाई सास्ती

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली जिल्लाको टिकापुर नगरपालिका जनप्रतिनिधि विहिन बनेको छ। कैलाली जिल्लाको टिकापुर नगरपालिकामा पछिल्लो समयमा जनप्रतिनिधिविहीन बनेको हो। जनप्रतिनिधि विहीन बनेपछि जनताले पाउने सेवामा बाधाभएको छ।


भदौ २३ र २४ गते भएको जेन-जि आन्दोलन पछि सृजित परिणाम लेदेश देश संघीय सांसद बिहिन बनेपछि फागुन २१ गते निर्वाचन हुने भएको छ। टिकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारुले राजीनामा दिएर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरी नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार भएका छन्। प्रतिनिधि सभाको उम्मेदवार भएपछि टिकापुर नगरपालिकामा जनताबाट निर्वाचित उपमेयरको रुपमा रहेका खडक शाह यतिबेला बर्खास्त छन्।

बिज्ञापन


उपमेयर बर्खास्तमा रहेको अवस्थामा टिकापुर नगरपालिकाबाट पाउने सेवा सुविधा सँगै विभिन्न कुराहरुमा स्थानीय नगरवासीहरू भने जनप्रतिनिधि विहिन भएका छन्। यस अवस्थामा काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह राजीनामा दिएर झापा क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न पुगेका छन्। त्यसैगरी धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ श्रम संस्कृति पार्टी दर्ता गरेर राजनीतिक एजेन्डा अगाडि बढाएर देशभरि विभिन्न ठाउँबाट चुनावमा होमिएका छन्।

भने धनगढी उपमहानगरपालिका प्रमुख गोपी हमालले भने जनताले दिएको म्यान्डेटलाई अवज्ञा गरेर म कुनै पनि निर्वाचनमा भाग लिन्न भनेर आफ्नो कार्यकाल पूर्ण गर्ने प्रतिबद्धता जनाएका छन्। यसअघि स्वतन्त्रबाट आएका चर्चित नगरप्रमुखहरूमध्ये काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल बीच तुलनात्मक हिसाबले गोपी हमाल आफ्नो वाचामा प्रतिबद्ध देखिएका छन् देशभरिबाट यतिबेला विभिन्न नयाँ पार्टीमा कलाकार पत्रकार युट्युबर भाइरल यस्तै व्यक्तिहरू उम्मेदवारका रुपमा अगाडि आएका छन्।

यस्तो व्यक्तिले जिम्मेवारी पायो भने देशको कुटनीतिक कार्यनीतिक रणनीतिक विकास विकास समृद्धिको मार्ग कसरी अगाडि बढ्ला भन्ने एउटा प्रश्न संगै आशङ्का पनि उत्पन्न भएको छ। आगामी फागुन २१ मा हुने निर्वाचनले यो कुराको निर्क्योल गर्नेछ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।