कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते
लोक कल्याणकारी विज्ञापन

कञ्चनपुर: कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतवार भीमदत्त नगरपालिका–४ स्थित बजारका विभिन्न स्थानमा कुकुरको टोकाइबाट १७ जना घाइते भएका हुन्। प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले घाइतेहरूको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको जानकारी दिए। उक्त कुकुरलाई नियन्त्रणमा लिएर भेटिनरी अस्पतालमा बुझाइएको प्रहरीले जनाएको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
