मुग्लिन–नागढुङ्गा सडक ३ दिन राति बन्द हुने

चितवन । मुग्लिन–नागढुंगा सडक खण्डमा भोलिदेखि तीन दिन राति सवारी आवागमन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सडक स्तरोन्नति कार्यका लागि आगामी भोलिदेखि ३ दिन राती १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गर्ने जनाएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मुग्लिन–नागढुङ्गा सडक योजना अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को घोप्टेभिर लगायतका स्थानहरूमा काम भइरहेको छ। दिउँसोको समयमा सवारी चापका कारण काम गर्न असहज भएपछि रात्रिकालीन समय रोजिएको हो।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले निकालेका सूचनामा यात्रुहरूलाई पर्न सक्ने असुविधाप्रति ध्यान दिँदै समय हेरेर आफ्नो यात्रा तय गर्न अनुरोध गरेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
