स्वास्थ्य

बालापुर सत्संग, कपिलवस्तुद्वारा रक्तदान गर्न सबैलाई हार्दिक अपिल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कपिलवस्तु, १ बैशाख । बालापुर सत्संग, कपिलवस्तुद्वारा रक्तदान शिविरको आयोजना गरी स्थानीय सबैलाई हार्दिक अपिल गरिएको छ ।

सन्त निरंकारी मिशनले सधैं “वसुधैव कुटुम्बकम्“ को भावनालाई आत्मसात गर्दै आएको छ । यसै सन्दर्भमा “मानव एकता दिवस“ को पावन अवसरमा हामी तपाईंलाई रक्तदान गरी जीवन बचाउने महा–अभियानमा सरिक हुन हार्दिक निमन्त्रणा गर्दछौँ ।

बिज्ञापन

“रगत नालीमा होइन, नाडीमा बग्नुपर्छ“ भन्ने सन्देशलाई सार्थक बनाउन हामी सबै मिलेर यो पुण्य कार्यमा सहभागी बनौँ ।

रक्तदान कार्यक्रमको विवरणः
– बृहत् रक्तदानः बिहान ८ बजेदेखि ११ बजेसम्म
– आध्यात्मिक सत्संगः बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म
– स्थानः बालापुर, शिवराज–२, कपिलवस्तु
– मितिः २०८३ वैशाख १२ गते (२५ अप्रिल २०२६), शनिबार

विशेष अतिरिक्त क्रियाकलापः
– पोषिलो आहारः रक्तदाताहरूका लागि ताजा जुस तथा खानाको समुचित व्यवस्था गरिनेछ
– प्रशंसा–पत्रः प्रत्येक रक्तदातालाई प्रशंसा–पत्रद्वारा सम्मान गरिनेछ

तपाईंको एक थोपा रगतले कसैको संसार उज्यालो बनाउन सक्छ । आउनुहोस्, घृणालाई मेटाउँदै प्रेम र सेवाको हात फैलाऔँ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।