टीकापुर

टीकापुरमा फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर: फरक क्षमता (अपाङ्गता) भएका बालबालिकाको स्याहार अभिभावकका लागि कठिन हुने गरेको छ । अपाङ्गता भएका बालबालिकालाई स्याहार गर्दा विशेष ध्यान र समय दिनुपर्दा अभिभावकको व्यक्तिगत जीवनमा पनि प्रभाव पर्ने गरेको उनीहरूले बताएका छन् ।

लोक कल्याणकारी विज्ञापन

टीकापुर नगरपालिका–१ वनगाउँकी जगतमाया शाहीकी छोरी जन्मजातै अपाङ्ग छिन् । १९ वर्षीया छोरी जन्मेदेखि नै हलचल गर्न नसक्ने भएपछि जगतमायाको परिवारले नेपाल र भारतका धेरै अस्पतालमा उपचार गराएका थिए । छोरीको देब्रे हात अलिअलि चल्ने भए पनि शरीरका अन्य भाग चल्दैनन् । त्यसैले जगतमाया छोरीकै स्याहारमा लागिरहेकी छन् । “म पढेलेखेकी छु, जागिर खान सक्थेँ, तर छोरी स्याहार्नुपर्ने बाध्यताले केही गर्न सकेकी छैन,” उनी भन्छिन्, “छोरी शारीरिक मात्र होइन मानसिक रूपमा पनि अशक्त भएकाले स्याहारमा समस्या छ । उनको अवस्था र भविष्यको चिन्ताले मलाई निकै पीडा दिन्छ ।”

लोक कल्याणकारी विज्ञापन

उनी आफू हुन्जेल छोरी सुरक्षित भए पनि आफू नभएपछि कसले स्याहार्ला भन्ने चिन्तामा छिन् । “दुई कक्षासम्म पढेकी छिन्, सानो हुँदा बोकेर विद्यालय पुर्‍याउँथेँ, तर पछि बोक्न गाह्रो भएपछि पढाउन सकिएन,” उनी भन्छिन्, “विद्यालयहरू पनि समावेशी छैनन् । विशेष शिक्षक, सामग्री र पहुँचयुक्त पूर्वाधार नहुँदा छोरीजस्ता बालबालिकाले शिक्षा पाउन सकेका छैनन् ।”

बिज्ञापन

अपाङ्गता भएका बालकको तुलनामा बालिकाको स्याहार झन् कठिन हुने उनी बताउँछिन् । महिनावारीका कारण सरसफाइमा थप समस्या हुने गरेको उनको भनाइ छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन