स्वास्थ्य

लम्कीचुहा अस्पतालमा प्रदेश सरकारले खटायाे  कर्मचारी 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलालीः सुदूरपश्चिम प्रदेश सरकारले लम्कीचुहा प्रादेशिक अस्पतालमा दुईजना कर्मचारी खटाएको छ। प्रदेश सरकारले निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा आठौँ तहका मेडिकल अफिसर डा. कमलेश प्रसाद यादव र छैटौँ तहका लेखा अधिकृत गणेश विष्टलाई जिम्मेवारीसहित खटाएको हो।

बैशाख १५ गतेको सामाजिक विकास मन्त्रालय (प्रदेश सचिवस्तर) को निर्णयअनुसार डा. यादवलाई तथा सोही मितिको आर्थिक मामिला मन्त्रालयको निर्णयअनुसार लेखा अधिकृत विष्टलाई कामकाजका लागि खटाइएको जनाइएको छ।

बिज्ञापन

यसअघि वैशाख १४ गते लम्कीचुहा अस्पतालको विवादसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रदेश सरकारका नाममा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। चैत्र २४ गते लम्कीचुहा नगरपालिकाले अस्पतालको विवादबारे अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

सर्वोच्च अदालतको उक्त निर्णयसँगै प्रादेशिक अस्पताल सञ्चालनको बाटो खुलेको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनका लागि साढे चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। साथै अस्पतालका लागि १४६ जनाको दरबन्दीसमेत स्वीकृत गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।