टीकापुर

टीकापुरमा नेतृत्व संघर्ष, बजेट र नगरसभा दुवै प्रभावित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर नगरसभा अनिश्चित, बजेट समयमै आउनेमा आशंका

टीकापुर नगरपालिकाको १९ औं नगरसभा बैठक अनिश्चित बनेको छ। कार्यवाहक नगर प्रमुखको विवाद सर्वोच्च अदालतमा पुगेपछि नगरपालिकाको ध्यान बजेट तथा नीति–कार्यक्रमभन्दा नेतृत्व विवादतर्फ केन्द्रित भएको देखिएको छ।

बिज्ञापन

जेठ १९ गतेको कार्यपालिका बैठकले असार ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको भए पनि सर्वोच्च अदालतको अन्तरिम आदेशपछि स्थिति जटिल बनेको हो। प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले निर्धारित नगरसभा स्थगित हुने र नयाँ मिति तय नभएको बताएका छन्।

यता कार्यवाहक नगर प्रमुखको जिम्मेवारीमा फर्किएका रामबहादुर नगार्जीले आफूलाई नगरसभा सम्बन्धी निर्णयबारे जानकारी नभएको र समन्वयको अभावले बजेट समयमै ल्याउन कठिन हुने बताएका छन्।

कानुनअनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने भए पनि नेतृत्व विवाद र आन्तरिक मतभेदका कारण यसपटक टीकापुर नगरपालिकामा बजेट समयमै आउने सम्भावना कमजोर देखिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।