कैलाली

धनगढीमा पानी संकट: उपमहानगरपालिकाद्वारा विभिन्न वडामा पानी वितरण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः लामो समयदेखि वर्षा नभएपछि धनगढी उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा पानीको अभाव देखिएको छ। नलका तथा धाराहरू सुकेपछि स्थानीय बासिन्दा दैनिक उपभोगका लागि पानीको समस्यामा परेका छन्।

यस अवस्थालाई मध्यनजर गर्दै धन गढी उपमहानगरपालिकाले उपलब्ध स्रोत–साधन परिचालन गरी प्रभावित क्षेत्रहरूमा पानी वितरण गरेको छ।

बिज्ञापन

उपमहानगरपालिकासँग खानेपानी बोक्ने ट्याङ्की सवारी साधन नभए पनि पुरानो दमकल तथा रोड वासर र बोट बिरुवामा पानी हाल्ने ट्याङ्की प्रयोग गरी दैनिक खानेपानी बाहेक अन्य क्रियाकलापमा प्रयोग गर्न पानी आपूर्ति गरिएको हो।

वडा नम्बर ६ को जाली क्षेत्रमा वडा अध्यक्ष भागीराम चौधरीसँग समन्वय गरी जाली देउबा पसल नजिकको चोकमा पानी वितरण गरिएको छ।त्यस्तै वडा नम्वर १४ को फुलबारी–स्याउले बजार क्षेत्रमा पनि पानीको अभाव भएपछि स्याउले बजार चोकमा पानी उपलब्ध गराइएको छ।

यसैगरी वडा नम्बर ७ र १२ को शिविर क्षेत्र आसपासमा समेत समस्या देखिएपछि सम्बन्धित वडा अध्यक्ष मोति राना र शेरबहादुर महरासँग समन्वय गरी सिमल टोलमा पानी वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाले तत्कालीन आवश्यकता अनुसार वडा नम्वर ६, ७, १२ र १४ मा पानी वितरण गरी स्थानीयलाई राहत दिने प्रयास गरेको जनाएको छ। साथै, वर्षा नहुँदासम्म आवश्यकतानुसार पानी वितरण कार्यलाई निरन्तरता दिने तयारी समेत गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।