घटना

बेंगलुरुमा नेपाली सुरक्षा गार्डको हत्या, आफ्नै छोरामाथि अभियोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बेंगलुरु (भारत) । भारतको बेंगलुरुमा वैदेशिक रोजगारीका लागि पुगेका एक नेपाली सुरक्षा गार्डको आफ्नै छोराले हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

कालिकोट घर भएका ५२ वर्षीय चन्द्रबहादुर शाही को आइतबार राति बेंगलुरुको पनाथुर–बेलागेरे क्षेत्रमा रहेको डेरामा हत्या भएको हो। घटनामा संलग्न रहेको आरोपमा उनका ३४ वर्षीय छोरा द्रोणबहादुर शाही लाई वरथुर प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

बिज्ञापन

प्रहरीका अनुसार बाबु–छोराबीच सुत्ने ओछ्यानको विषयलाई लिएर सामान्य विवाद सुरु भएको थियो। दुवैले मदिरा सेवन गरेको अवस्थामा विवाद चर्किँदै जाँदा द्रोणबहादुरले कोठामा रहेको फलामको रडले बाबुमाथि आक्रमण गरेका थिए।

रड प्रहारबाट चन्द्रबहादुरको टाउको र शरीरमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि गुन्जुरस्थित एक निजी अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

चन्द्रबहादुर लामो समयदेखि बेंगलुरुका विभिन्न अपार्टमेन्टमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए। उनका छोरा द्रोणबहादुर केही समयअघि मात्रै रोजगारीको खोजीमा बुबासँगै बेंगलुरु पुगेका थिए। एउटै कोठामा बस्दै आएका बाबु–छोराबीचको विवादले यस्तो दुःखद घटना निम्तिएको बताइएको छ।

वरथुर प्रहरीले द्रोणबहादुरविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।