राष्ट्रिय समाचार

देवानगञ्ज घटनापछि मदरसाको कानुनी हैसियतबारे छानबिन हुने, सहमतिको तेस्रो बुँदामा सरकारको प्रतिबद्धता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुनसरी, १५ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनापछि सरकार र पीडित पक्षबीच भएको सात बुँदे सहमतिअन्तर्गत देवानगञ्ज गाउँपालिका–३ मा रहेको मदरसाको कानुनी हैसियत तथा त्यससँग सम्बन्धित विषयमा तत्काल छानबिन सुरु गरिने भएको छ।

सहमतिको तेस्रो बुँदामा ‘देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयहरूबारे आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने’ उल्लेख गरिएको छ। यससँगै उक्त मदरसाको दर्ता, सञ्चालन प्रक्रिया, कानुनी वैधता तथा अन्य सम्बन्धित पक्षहरूको अनुसन्धान अघि बढाइने भएको हो।

गृहमन्त्री सुधन गुरुङले सहमतिअनुसार मदरसासम्बन्धी विषयमा निष्पक्ष र कानुनबमोजिम छानबिन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले छानबिनका क्रममा प्राप्त तथ्य र प्रमाणका आधारमा आवश्यक निर्णय तथा कानुनी प्रक्रिया अघि बढाइने बताएका छन्।

देवानगञ्जमा भएको घटनापछि स्थानीयस्तरमा मदरसाको कानुनी अवस्था र सञ्चालन प्रक्रियाबारे विभिन्न प्रश्न उठिरहेका बेला सरकार र पीडित पक्षबीच भएको सहमतिले त्यसबारे औपचारिक अनुसन्धानको बाटो खुला गरेको हो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।