प्रवास

१६ दिनपछि दिल्लीमा भेटिए भारतको लुधियानाबाट हराएका डोटीका १५ वर्षीय नवराज नेपाली

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

डोटी, १५ साउन । भारतको पञ्जाबस्थित लुधियानाबाट हराएका डोटीका १५ वर्षीय नवराज नेपाली १६ दिनपछि दिल्लीमा सकुशल फेला परेका छन्।

लोक कल्याणकारी विज्ञापन

नवराज हराएको जानकारी सार्वजनिक गर्दै खोजीका लागि भिडियो प्रसारण गरिएपछि उक्त भिडियो व्यापक रूपमा सामाजिक सञ्जालमा साझा गरिएको थियो। त्यसकै आधारमा सम्बन्धित निकाय र व्यक्तिहरूसम्म सूचना पुग्न सहयोग भएको र अन्ततः उनी दिल्लीमा फेला परेको जनाइएको छ।

लोक कल्याणकारी विज्ञापन

नवराजलाई सकुशल फेला पारेर आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाउन सहयोग गरेको आफन्त इन्डिया फाउन्डेसन र उद्धारकर्ता मानबहादुर श्रेष्ठसहित उहाँको सम्पूर्ण टोलीप्रति परिवारले विशेष आभार व्यक्त गरेको छ।

बिज्ञापन

नवराज सकुशल फेला परेसँगै परिवारमा खुसी छाएको छ। खोजी अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने, भिडियो साझा गरी सूचना फैलाउने तथा खोजी कार्यमा साथ दिने सबैप्रति परिवारले धन्यवाद व्यक्त गरेको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन