अछाममा स्वर्गीय डिल्लीराज साउदको परिवारलाई १ लाख ६८ हजार रुपैयाँ सहयोग हस्तान्तरण

अछाम, १५ साउन । चौरपाटी गाउँपालिका–३ का स्वर्गीय डिल्लीराज साउदको परिवारलाई सहयोग अभियानमार्फत संकलित आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ।
वडा नम्बर ३ का अध्यक्ष बिरेन्द्र साउदले अभियान अन्तर्गत संकलित कुल २ लाख २८ हजार ६० रुपैयाँमध्ये १ लाख ६८ हजार ६० रुपैयाँ स्वर्गीय साउदको परिवारलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
अध्यक्ष साउदका अनुसार संकलित रकममध्ये ६० हजार रुपैयाँ एम्बुलेन्स र बाटो खर्चमा खर्च गरिएको थियो। बाँकी रहेको रकम आफ्नो खातामार्फत संकलन गरी परिवारलाई हस्तान्तरण गरिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
सहयोग अभियानमा आर्थिक, भौतिक तथा नैतिक रूपमा साथ र सहयोग पुर्याउने सम्पूर्ण सहयोगदाता, शुभेच्छुक तथा सरोकारवालाप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन्।
चौरपाटी गाउँपालिका–३ का डिल्लीराज साउदको उपचारका क्रममा एक साताअघि काठमाडौंमा निधन भएको थियो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
