घरभित्र विद्युत् तार जडान गर्ने क्रममा करेन्ट लागेर २९ वर्षीया सरिता नेपालीको निधन
लोक कल्याणकारी विज्ञापन

पाल्पा, १६ साउन । पाल्पाको राम्भा गाउँपालिका–३ निवासी २९ वर्षीया सरिता नेपालीको विद्युतीय दुर्घटनामा परेर दुःखद निधन भएको छ।
लोक कल्याणकारी विज्ञापन

प्राप्त जानकारीअनुसार घरभित्र विद्युत् तार जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा उहाँ गम्भीर घाइते हुनुभएको थियो। घटनापछि तत्काल उद्धार गरी उपचारका लागि प्रयास गरिए पनि उहाँलाई बचाउन नसकिएको जनाइएको छ।
लोक कल्याणकारी विज्ञापन

सरिताको असामयिक निधनले परिवारका सदस्य, आफन्त तथा स्थानीयवासीलाई गहिरो शोकमा डुबाएको छ। यस घटनाले विद्युत्सम्बन्धी काम गर्दा आवश्यक सुरक्षा सावधानी अपनाउनुपर्ने आवश्यकतालाई पुनः स्मरण गराएको स्थानीयवासीले बताएका छन्।
बिज्ञापन

दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

