सुदूरपश्चिम प्रदेश

भजनीमा गाईको पेटमा घोपिएको लामो छुरा शल्यक्रियामार्फत निकालियो, एक महिनाअघि घोपिएको थियो छुरा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैभजनी, १९ साउन । कैलालीको भजनी नगरपालिका–९ डोङपुरमा एक सामुदायिक गाईमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएको छ। गाईको पेटमा बाहिरबाटै स्पष्ट देखिने गरी लामो छुरा घोपिएको अवस्थामा फेला परेपछि पशुचिकित्सकको टोलीले शल्यक्रिया गरी आज उक्त छुरा सफलतापूर्वक निकालेको छ।

स्थानीयका अनुसार अज्ञात व्यक्तिले करिब एक महिनाअघि गाईको पेटमा लामो छुरा घोपेर फरार भएको अनुमान गरिएको छ। छुराको ह्यान्डल बाहिरबाटै देखिने अवस्थामा रहेकाले घटना निकै विभत्स देखिएको स्थानीयले बताएका छन्। केही दिनअघि गाईको अवस्था देखेपछि स्थानीयले पशुचिकित्सकलाई खबर गरेका थिए।

पशुचिकित्सकको टोलीले तत्काल शल्यक्रिया गरेर गाईको पेटभित्र रहेको छुरा निकालेको जनाएको छ। हाल गाईको उपचार जारी रहेको र स्वास्थ्य अवस्थामाथि निगरानी भइरहेको बताइएको छ।

घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ। उनीहरूले निरीह पशुमाथि यस्तो अमानवीय र क्रूर व्यवहार गर्ने व्यक्तिको पहिचान गरी कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। साथै, पशुमाथि हुने यस्ता अपराध रोक्न प्रभावकारी अनुसन्धान र आवश्यक सुरक्षा व्यवस्था गर्न पनि उनीहरूको आग्रह छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।