स्वास्थ्य

आर्थिक अभावमा उपचाररत जगत सुनारलाई शिवहरी युवा क्लबको १० हजार सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लम्कीचुहा, १९ साउन । कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित शिवहरी युवा क्लबले आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेका लम्कीचुहा–९ प्रतापुरका ४० वर्षीय जगत सुनारलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

क्लबका सहसचिव विनोद गोतामे र गाउँ सञ्चालक गणेश विश्वकर्माले सुनारको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन्। १० वर्षअघि मोटरसाइकल दुर्घटनामा घाइते भएका सुनारको घाउ पुनः बल्झिएपछि हाल भारतमा उपचार भइरहेको छ।

सञ्चारमाध्यममा उनको अवस्थाबारे समाचार आएपछि क्लबले सहयोग गरेको जनाएको छ। क्लबले अन्य संघसंस्था र सहयोगी मन भएका व्यक्तिलाई पनि उपचारका लागि सहयोग गर्न अपिल गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।