कैलाली

पृथ्वीपुर छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै भजनीमा आन्दोलन, सरकारलाई निर्णय फिर्ता लिन दबाब

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भजनी, २० साउन । कैलालीको भजनीस्थित पृथ्वीपुर (लालबोझी) छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आज स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्। संघर्ष समिति तथा भजनीका नगरवासीको नेतृत्वमा आयोजित विरोध कार्यक्रममार्फत सरकारले भन्सार बन्द गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गरिएको छ।

आन्दोलनकारीहरूले पृथ्वीपुर छोटी भन्सार बन्द हुँदा सीमा क्षेत्रका नागरिकको दैनिक जीवन, स्थानीय व्यापार–व्यवसाय तथा आर्थिक गतिविधिमा प्रत्यक्ष असर परेको बताएका छन्। भन्सार सञ्चालन नहुँदा सीमावर्ती क्षेत्रका व्यवसायी, किसान र सर्वसाधारणले अनावश्यक सास्ती खेप्नुपरेको उनीहरूको भनाइ छ।

विरोध प्रदर्शनका क्रममा सहभागीहरूले पृथ्वीपुर छोटी भन्सार तत्काल पुनःस्थापना गरी स्थानीयको सहज आवागमन, व्यापारिक गतिविधि र आर्थिक हितको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले सीमावर्ती बासिन्दाको आवश्यकता र समस्यालाई बेवास्ता गरेर गरिएका निर्णय स्वीकार्य नहुने चेतावनी पनि दिएका छन्।

संघर्ष समितिले भन्सार पुनः सञ्चालनका लागि सम्बन्धित मन्त्रालय तथा निकायसँग पटक–पटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएकाले आन्दोलनको बाटो रोज्नुपरेको जनाएको छ। माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम थप सशक्त बनाइने चेतावनी पनि समितिले दिएको छ।

स्थानीयवासीले सीमावर्ती क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन पृथ्वीपुर छोटी भन्सारको पुनः सञ्चालन अपरिहार्य रहेको भन्दै सरकारलाई शीघ्र निर्णय गर्न आग्रह गरेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।