अविरल वर्षाले गोठ भत्किँदा अर्घाखाँचीमा एक हल गोरु मरे

अर्घाखाँची१ भाद्र । लगातारको अविरल वर्षाका कारण अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–अन्तर्गत लेवारीमा स्थानीय किसानको कच्ची गोठ भत्किँदा एक हल गोरु पुरिएर मरेका छन्।
वर्षाका कारण गोठ भत्किँदा गोठभित्र बाँधिएका दुईवटा गोरु पुरिएका थिए। उनीहरूको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घटना भएपछि स्थानीय बासिन्दा घटनास्थलमा पुगेर उद्धार कार्य गरेका थिए। मृत गोरुलाई खाल्डो खनेर गाडिएको स्थानीयले बताएका छन्। घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ।
खेतीपातीको मुख्य सिजनमा जोत्न प्रयोग हुने गोरु गुमेपछि पीडित किसान परिवार समस्यामा परेको छ। गोरु मरेपछि खेतीको काम प्रभावित हुने भन्दै परिवार चिन्तित बनेको छ।
लगातारको वर्षाका कारण जिल्लाका कच्ची घर तथा गोठहरू भत्किने जोखिम बढेकाले स्थानीयवासीलाई सुरक्षित रहन र जोखिमयुक्त संरचनामा नबस्न आग्रह गरिएको छ। सम्भावित दुर्घटनाबाट जोगिन आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
