अनौठो

तेह्रथुममा दुर्लभ संयोग, ११ भाइ छोरा र ७ बहिनी छोरीले एकसाथ गरे बुवाको काजकिरिया

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–३, पञ्चकन्या बाइसल्लाका गोकुलबहादुर पराजुलीको निधनपछि उहाँका ११ भाइ छोरा र ७ बहिनी छोरीले हिन्दु संस्कारअनुसार काजकिरिया गरिरहेका छन्।

लोक कल्याणकारी विज्ञापन

पराजुलीको साउन २६ गते निधन भएको परिवारले जनाएको छ। उहाँको निधनपछि ११ भाइ छोरा र ७ बहिनी छोरीले बुवाको अन्तिम संस्कार तथा काजकिरियामा सहभागिता जनाएका हुन्।

लोक कल्याणकारी विज्ञापन

एउटै परिवारमा १८ जना सन्तानमध्ये ११ छोरा र ७ छोरी रहेको र सबै सन्तानले बुवाको निधनपछि धार्मिक संस्कारमा सहभागी हुनु स्थानीयस्तरमा दुर्लभ संयोगका रूपमा लिइएको छ।

बिज्ञापन

परिवारजनका अनुसार हिन्दु मृत्यु संस्कारअनुसार आवश्यक विधि पूरा गर्दै काजकिरिया भइरहेको छ। ठूलो परिवारमा सबै सन्तान एकै ठाउँमा भेला भएर बुवाको अन्तिम संस्कारमा सहभागी भएको दृश्यले स्थानीयको समेत ध्यान आकर्षित गरेको छ।

पराजुलीको निधनले परिवारजन, आफन्त तथा स्थानीयवासी शोकमा परेका छन्।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन