मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो भीरबाट खस्यो

मकवानपुर । उच्च अदालत वीरगञ्ज, पर्साका मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो मकवानपुरमा दुर्घटनामा परेको छ। दुर्घटनामा सवार सबै जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो आज बिहान करिब ७ बजे भीमफेदी गाउँपालिका–६, जुरीखेलमा अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेको हो।
दुर्घटनामा दुई महिला र चार पुरुष घाइते भएका छन्। दुर्घटनालगत्तै प्रहरीले घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो। उनीहरूलाई उपचारका लागि भीमफेदी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
