२२ वर्षपछि आईभीएफबाट जुम्ल्याहा सन्तान, दम्पतीले भने– ‘चमत्कार’

काठमाडौं । इन्डोनेसियाका एक दम्पतीले विवाह गरेको २२ वर्षपछि आईभीएफ (इन–भिट्रो फर्टिलाइजेसन) उपचारमार्फत जुम्ल्याहा सन्तान प्राप्त गरेका छन्।
आत्मिनातुस जाहरा र उनका पति अफ्रिजा युसुफ सन्तोसोले लामो समयसम्म सन्तान प्राप्तिका लागि प्रयास गरे पनि २२ वर्षसम्म गर्भ नरहेपछि आईभीएफलाई ‘अन्तिम प्रयास’का रूपमा अघि बढाएको बीबीसीसँग बताएका छन्।
आईभीएफ उपचारपछि गत महिना जाहराले चिकित्सकको प्रत्यक्ष निगरानीमा एक छोरा र एक छोरीलाई जन्म दिएकी हुन्। लामो प्रतीक्षापछि जुम्ल्याहा सन्तान पाएपछि दम्पतीले आफूहरूको खुसीलाई ‘चमत्कार’को रूपमा वर्णन गरेका छन्।
२२ वर्षसम्म सन्तानको प्रतीक्षामा रहेका उनीहरूका लागि जुम्ल्याहा बच्चाको जन्म जीवनकै अविस्मरणीय क्षण बनेको छ। लामो समयको प्रयासपछि आईभीएफमार्फत सन्तान प्राप्त भएपछि उनीहरूले आफूहरूको सपना पूरा भएको बताएका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
