अनौठो

आमाको खुसीका लागि छोराले गराए आमाको पुनर्विवाह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । जीवनसाथी गुमाइसकेकी आमाको हात फेरि अर्को व्यक्तिको हातमा सुम्पिँदै गर्दा एक छोराको मनमा अनेकौँ भावना खेले होलान्। तर आमाको खुसीलाई प्राथमिकता दिँदै उनले समाज र परम्पराको सोचभन्दा माथि उठेर आमाको पुनर्विवाह गराएका छन्।

लोक कल्याणकारी विज्ञापन

आमाको विवाह गराइदिने क्रममा छोराले दिएको एउटा सन्देशले धेरैको मन छोएको छ। उनले आमाका नयाँ जीवनसाथीलाई भनेका छन्, “मेरी आमालाई सधै खुसी राख्नुहोला्, उहाँको ख्याल राखिदिनुहाला ।”

लोक कल्याणकारी विज्ञापन

आमाको जीवनमा फेरि प्रेम, साथ र खुसी फर्काउन आफ्नो सोचभन्दा माथि उठेर निर्णय गर्ने ती छोरा सामाजिक रूपमा पनि प्रशंसाको पात्र बनेका छन्।

बिज्ञापन

आमाको खुसीका लागि छोराले गरेको यो निर्णयले विधवा तथा एकल महिलाको पुनर्विवाहप्रति समाजमा रहेको संकीर्ण सोच परिवर्तन गर्नुपर्ने सन्देशसमेत दिएको छ।

नयाँ जीवनको सुरुवात गरेकी आमाको आगामी यात्रा प्रेम, सम्मान र खुसीले भरियोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन