गरिमा चौधरीको न्यायका लागि सरकार र पीडित परिवारबीच ३ बुँदे सहमति

काठमाडौ, ७ भाद्र । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले गरिमा चौधरीका पीडित परिवारलाई विमानस्थलमै स्वागत गरी गृह मन्त्रालयसम्म साथ दिनुभएको छ। मन्त्री चौधरीले पीडित परिवारसँगै रहेर न्यायका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मध्यरातसम्म भएको छलफलपछि सरकार र पीडित परिवारबीच गरिमा चौधरीको घटनासँग सम्बन्धित विषयमा तीन बुँदे सहमति भएको छ।
सहमतिअनुसार गरिमा चौधरीको सम्झनामा सालिक निर्माण गरिनेछ। त्यस्तै, घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन विद्यमान कानुनमा आवश्यक संशोधनका लागि पहल गर्ने सहमति भएको छ।
पीडित परिवारले न्यायको माग गर्दै उठाएका विषयलाई सम्बोधन गर्न सरकार गम्भीर रहेको बताउँदै मन्त्री चौधरीले गरिमा चौधरीको न्यायका लागि आफ्नो पहल निरन्तर रहने प्रतिबद्धता जनाउनुभएको छ।
सरकार र पीडित परिवारबीच भएको तीन बुँदे सहमतिले घटनाको निष्पक्ष छानबिनसँगै पीडित परिवारलाई न्याय दिलाउने प्रक्रियालाई अघि बढाउने अपेक्षा गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
